बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • सुन न सरकार!!

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार ०६:५५

    सरकार!!
    फेरी मार्च आठ अर्थात् अन्तराष्ट्रीय नारी दिवस आयो,
    मलाई रहर छ।
    सदियौ देखिको विभेद रोकिएर
    हाम्रा छोरी चेलीहरु
    स्वतन्त्र रुपमा हुर्किन पाउन,
    बाहीर फेर घुम्न निस्कदा
    तिमी त छोरी भन्नु नपरोस्
    साझ बत्ति नबाल्दै
    छोरी घर आइनन् भनेर पिरोलीन नपरोस्।
    छोरीहरुले आफ्नो सम्पतिको नाममा
    दक्षिणा र पेवा संगाल्न नपरोस्।
    आफ्नो श्रमको मुल्य ,
    खोसीएको र काटिएको दु:ख खेप्नु नपरोस्।
    जन्मदा बिभेद र हुर्कदा खेद
    कहिल्यै प्रकट गर्न नपरोस्।
    यो वाँ त्यो बहानामा
    कमजोर अनुभुत गर्नु नपरोस्।
    छोरीहरु सबै
    उन्मुक्त हासो हास्न पाउन,
    संस्कार र सम्पतिमा
    बराबरीका हकदार होउन्।
    हाम्रा छोरीहरुले
    असमानताको बिभेद खेप्दै
    समानताको लड़ाई लड्नु नपरोस्।
    मैले जस्तै
    सडकमा उफ्रिएर सदनलाई थर्काउनु नपरोस्।
    राजनीतीको चर्को लड़ाई लडेर
    विभेदको बिद्रोहमा जल्नु नपरोस।
    फेरी पनि कानुनी राज्यको
    उपहास गर्दै
    अपराधी उम्किएको खबर पढ्नु नपरोस।
    हाम्रा छोरीहरुले
    पुरुषहरुले गरेको अपराध लुकाउन
    आफु नांगीन र मारीन नपरोस्।
    निर्धक्क घर बाहीर
    एक्लै हिड्न सक्ने वातावरण बनोस्।
    जिजु आमा देखि
    हजुर आमा र आमा हुदै
    म र मेरी छोरी सम्म भोगीएको
    असमानताको खेल
    मेरी नातिनीले भोग्नु नपरोस्।
    अहिले १११औ वर्षीय नारी दिवस मनाउदा
    मेरी जिजुहजुरआमा देखि छोरी सम्मको पुस्ताले
    जति बिभेद खेप्यौ
    बिन्ति सरकार!!
    मेरी नातीनिको पुस्ताले
    यो विभेद खेप्नु नपरोस्।
    बिन्ति सरकार!!
    मेरी नातिनीको पुस्ताले
    यो विभेद खेप्नु नपरोस्।

    देवु पराजुली
    २०७७/११/२३

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु