दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज प्रतिनिधिसभाको बैठक बस्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते, आईतवार ७:३४

काठमाडौं, फागुन २३ । दुई महिनापछि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधिसभाको बैठक डाकेकी छन् ।गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

संसद् विघटन गरेको दुई महिना मात्र भएको भए तापनि संसद्को बैठक नबसेको नौ महिना भइसकेको छ । गत असार १८ गते सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श नै नगरी संसद्को बैठक स्थगित गरेको थियो ।

त्यसै गरी संसद्को बैठक नहुँदा सरकारले जारी गरेको अध्यादेशसमेत आजको बैठकमा पेस हुने भएको छ । सरकारले एसिडसम्बन्धी अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितको अध्यादेशहरू जारी गरेको थियो ।

नेकपा दुई समूहमा विभाजित भए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो नलगाउँदा त्यसको असर संसद् सचिवालयमा पनि परेको छ । त्यस्तै संसद्मा नेकपाका तर्फबाट बोल्ने नेताहरूको नामावली टुंगो लगाउन सभामुखलाई सकस परेको छ । शुक्रबार मात्र प्रचण्ड–नेपाल समूहको दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको पत्र संसद् सचिवाललाई बुझाएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु