बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • बलपार्क र बासुलिङको पहिलो जित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार २१:११

    काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका छन् ।
    धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सोमबार भएको खेलमा बल पार्क एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका हुन् ।
    पहिलो खेलमा बल पार्कले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।
    काठमाडौंको लागि सचिन लेखकले अविजित रहदै अर्धशतकीय पाली खेले । उनले सर्बाधिक ८१ रन जोडे भने विशाल श्रेष्ठले २७ रन जोडे ।
    बल पार्कका विशाल मण्डल र शशांक अग्रवालले समान २(२ विकेट लिए ।
    काठमाडौं क्रिकेटले दिएको १ सय ५७ रनको लक्ष्य बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो ।
    बल पार्कको जितमा कप्तान तथा म्यान अफ दि म्याच प्रशन्न शाक्यले अर्धशतकसहित ८५ रन जोडे । यस्तै निर्भिक पाठक र मेहूल श्रेष्ठले समान १७ रन जोडे ।

    काठमाडौंको लागि निराजन पुम्रेले ३ विकेट लिए । यस अघिको खेलमा बल पार्क बालुवाटार क्रिकेट क्लबसँग पराजित भएको थियो ।
    दोस्रो खेलमा बासुलिङले स्कुल अफ क्रिकेटलाई ५ विकेटले हरायो ।
    टस जितेर ब्याटिङ रोजेको स्कुल अफ क्रिकेटले ८ विकेट गुमाउदै १ सय ६४ रन बनायो । उसको लागि सर्बोच्च बस्नेतले ३२ र रोशन पलामीले २४ रन बनाए । बासुलिङका लागि राजेश यादब, डब्लु मालिक र प्रकाश शाहिले समान २(२ विकेट लिए । स्कुल अफ क्रिकेटले दिएको १ सय ६७ रनको लक्ष्य एक बल बाँकी रहदा पूरा गर्यो ।
    बासुलिङलाई जिताउन डब्लु मलिकले अविजित रहदै ३२ बलमा ५९ रन बनाए । उनी म्यान अफ दि म्याच समेत चुनिए । यस्तै सहिल पटेलले ३० रन बनाए । बासुलिङको लागि जनक हुमागाईले दुई विकेट लिए ।
    पाकिस्तान दूतावासले आयोजना गरेको छैटौं संस्करणको यस प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु