बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०७:३९

    ललितपुर- टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा सो समूहकी संयोजक स्वरुपा श्रेष्ठले विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरीन् । श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयीत्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दिपक यात्रीलाई पनि सम्मान गरीन् ।

    कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु कवयीत्री शान्ति शर्मा तथा दीपक यात्रीका साथै प्रतियोगितामा पहिलो भएकी गंगा केसीले कविता वाचन गरेका थिए ।

    यसैगरी क्यान्सर विजेता सेलिब्रेटी डली गुरुङ्गले आफुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गरीन् ।

    कार्यक्रम माझ क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौसला र हाँसोको महत्वको बारेमा चर्चा गरिन भने क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाएका थिए ।

    कार्यक्रममा क्यान्सर विजेताहरुले सँधै हौसला र प्रेरणा दिदै आएकी क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठलाई सो समूहकोे अभिभावकको भूमिका निर्वाह गरेकोमा दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो ।

    अभिन्दित भए लगत्तैश खुशी व्यक्त गर्दै श्रेष्ठले
    क्यान्सर पिडितमा क्यान्सर लागेपछिको चिन्ता, त्यसमा पनि कोरोना महामारीको थप त्रासले यस्तो अवस्थामा क्यान्सर निको भएका र उपचाररत महिलाहरुलाई तनाव र निराशामुक्त राख्न कार्यक्रम अघि सारिएको बताइन । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहले कोरोना महामारीको मध्य समय ताका यो जुक्ति निकालेको पनि उनले स्पस्ट पारिन् ।

    त्यस पस्चात समूहले क्यान्सरको उपचार गराईराखेका र उपचार सकेर निको भईसकेका महिलालाई कोरोनाको तनाव र निराशाबाट मुक्त राख्दै उनीहरुको दैनिकी व्यस्त राख्न सामाजिक सञ्जालमा टिकटक, कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको बारे पनि उनले प्रस्ट पारिन् ।

    संयोजक श्रेष्ठले टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको दाबी पेश गर्दै आफूभित्र रहेको जुनसुकै प्रतिभा टिकटकमा देखाएर कोरोना महामारीको अवधिभर आफूलाई प्रशन्न, स्वस्थ र व्यस्त राख्ने उद्धेश्यले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम अघि सारिएको उल्लेख गरिन।

    ‘हामी क्यान्सरको उपचार गराईराखेका र उपचारपछि निको भएका थुप्रै दिदीवहिनीलाई यस अवधिमा तनावमुक्त र व्यस्त राख्न चिन्तित थियौं, सोही अनूरुप हामीले पहिलोपल्ट यो कार्यक्रम गरेका हौं र सफल पनि भयौ’ क्यान्सरसर्भाइभरहरुकी अभिभावक एवम् नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरकी निर्देशक र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक समेत रहेकी स्वरुपा श्रेष्ठले भनिन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु