काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते, बुधबार ०८:५५

काठमाडौं-विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् । उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् । उक्त सम्मान प्रसिद्धि कमाएका विदेशी शल्यचिकित्सकहरुलाई मात्र प्रदान गर्ने गरिन्छ ।

करिब १२–१३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एस्कोर्ट अस्पताल र चेन्नइमा पहिलो पटक एओर्टिक सर्जरी (मुटुको महाधमनीको शल्यक्रिया) शुरु गरिदिएको तथा सो सम्बन्धी तालिम समेत प्रदान गरेकाले उक्त कार्यको स्मरण गर्दै सम्मान स्वरुप सो सम्मान प्रदान गरिएको हो ।

डा. श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिदिने गर्छन् । उनले पुर्याएको सो योगदानको कदर गर्दै सेन्टरले उनलाई भिजिटिङ प्रोफेसर (अवैतनिक) को दर्जा प्रदान गरेको छ ।

डा. श्रेष्ठले यसअघि गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिसकेका छन् । त्यसबाहेक उनी वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क नै गरिदिने गर्छन् । कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उनले प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गरेका थिए ।

को हुन डा. श्रेष्ठ ?
मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो । उनको थातथलो काठमाडौं स्थित बसन्तपुर क्षेत्र हो । प्राडा श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु