बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • हरिभक्तको ४५ औं वर्षगाँठमा ४३ औं कृति ‘एकमात्र’ विमोचन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १०:४२

    काठमाडौं २६ फागुन
    आध्यात्मिक चिन्तन र नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउदै आएका हरिभक्त सिग्देल ‘महेश’को आफ्नो ४५ औं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो ।

    सोमवार बिहान ललितपुरमा रहेको ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटल अकामा’ धुम्बाराहीमा संयुक्त रुपमा विमोचन गरिएको हो । हिन्दु धर्मका विज्ञ डा. ऋषिराम पोखरेल, बुद्ध धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा. के.वी.रोकाया, नेपाल सरकारका सचिव एवं समालोचक गोपीनाथ मैनाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् ।
    हरिभक्त सिग्देल ‘महेश’ र मिना सिग्देल उप्रेतीको ४५ औं वर्षगाँठको शुभ अवसर पारी सिग्देलको ४३ औं कृतिको विमोचन भएको हो । सो अवसरमा विभिन्न विद्वानहरुले सुखद् बैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरु युवराज मैनाली, डा. अर्जुनदेव भट्ट, पुरुषोतम सिग्देल, दामोदर पुडासैनी ‘किशोर’, श्रीहरि फुँयाल लगायतले शुभकामना व्यक्त गरे ।

    ‘खड्गध्वज–गंगादेवी सिग्देल स्मृति साहित्य सारथी पुरस्कार तथा सम्मान २०७७’ को शुभारम्भ
    कार्यक्रमको अवसरमा लेखक सिग्देलले बुबा–आमा खड्गध्वज–गंगादेवी का स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने साहित्यिक संघ–संस्था र साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्य राखी नगद पन्ध्र हजार पाँच सय पचपन्न सहित प्रत्येक वर्ष सम्मानको शुभारम्भ गरका छन् ।
    सो पुरस्कारबाट पहिलो वर्ष साहित्य बाटिका नेपालका भैरवी भूगोल र बलराम दाहालको जोडीलाई सम्मान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु