Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १४:०५

    २४ काठमाडौ । पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ । पूर्वप्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेख्नुभएको पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि कमै हुन थालेको बताउनुभयो ।
    “लिच्छविकालका शासकले आफूलाई पशुपति भट्टारक लेख्थे, खासमा नेपालको शासक पशुपतिनाथ हुन्, छाना र गजुरसमेत सुनको भएको पशुपतिमा सुनको जलहरी राख्दा विरोध गरियो, पशुपतिमा पूजा आराधना गर्न प्रधानमन्त्री केपी शर्मा ओली जानुभएकामा पनि विरोध भयो”, उहाँले भन्नुभयो ।
     पशुपतिमा सुनकै शङ्खले अघ्र्य चढाइने र सुनको घण्ट बजाइने गरेकाले सुनको जलहरी राख्नुहुन्न भनी विरोध गर्नुको अर्थ नरहेको संस्कृतिविद् गुरुङको भनाइ थियो । पशुपतिनाथमा बगलामुखीको जस्तै सुनको ‘कोश’ नै चढाइनुपर्ने उहाँको तर्क थियो ।
     पुस्तकका लेखक रिमालले पशुपति दर्शन गर्न जाने बेलामा भक्तजन विधि पूरा नगरी एकैपटक मूल मन्दिरमा दर्शन गरेको देखेपछि दर्शन विधि जानकारी दिनकै लागि पुस्तक लेख्ने प्रेरणा मिलेको बताउनुभयो । भगवान्ले ‘मेरो रखवारी गरेर बस्नेको पूजा नगरी मकहाँ आउनेसँग म खुसी हुन्नँ’ भनी विभिन्न पौराणिक ग्रन्थमा भन्नुभएको उल्लेख गर्दै उहाँले जानकारीमूलक सानो पुस्तिका तयार पार्ने सोच अघि बढ्दा ४०४ पृष्ठको पुस्तक तयार भएको बताउनुभयो ।
     पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले पशुपतिनाथका विषयमा जानकारी दिन पुस्तक सफल भएको बताउनुभयो । कोषले पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाका विषयमा नेपालीमा पुस्तक प्रकाशन गरी त्यसको अङ्ग्रेजी अनुवादसमेत सार्वजनिक गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।
     शिवमहापुराण भाग–१ छिट्टै बजारमा आउन लागेको जानकारी दिँदै उहाँले भाग–२ र भाग–३ पनि प्रकाशनको तयारी भइरहेको बताउनुभयो । गुरुयोजनाअनुसार पशुपति हिन्दू विश्वविद्यालय, पशुपति सङ्ग्रहालय, पशुपति अस्पताल, गौशालालगायत भौतिक संरचना निर्माण गरी पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गरिने उहाँको प्रतिबद्धता थियो ।
     डा रामानन्द गिरीका चेला केशवानन्द गिरीले प्रकृतिले नेपालीलाई पशुपति दिए पनि पशुपतिको संस्कृति नेपालीले बुझ्न नसकेको बताउनुभयो । अथर्ववेदमा पशुपतिका विषयमा धेरै व्याख्या गरिएको भए पनि ती कुरालाई नेपालीले जान्न नसकेको उहाँको भनाइ थियो । ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी भए पनि भैरवका विषयमा विस्तृत तथ्य आउन बाँकी रहेको उहाँको भनाइ थियो । यी विषयलाई आगामी संस्करणमा समेट्न पनि उहाँले सुझाव दिनुभयो ।
     पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य राख्दै उपप्राध्यापक राम लोहनीले ११ अध्याय र आठ अनुसूचीमा बाँडिएको पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी समेटिएको बताउनुभयो । पुस्तकमा हिनामिना भएका पशुपतिका सम्पत्तिका विषयमा उल्लेख गरिएकाले सूचनामूलक सामग्री पाठकसामू आएको उहाँले बताउनुभयो । सामान्य भाषिक त्रुटिबाहेक पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको समीक्षक लोहनीको भनाइ थियो ।
     प्रकाशक उत्कृष्ट प्रकाशन प्रालिका प्रबन्धक निर्देशक हेमप्रसाद मास्केले पशुपतिनाथका विषयमा जानकारी समेटिएको पुस्तक प्रकाशन गर्न पाउनु सौभाग्य विषय भएको बताउनुभयो । पुस्तकको आवरण ख्यातिप्राप्त इञ्जिनीयर शङ्करनाथ रिमालले तयार पार्नुभएको हो । कार्यक्रममा उहाँले उहाँले महाशिवरात्रि अघि प्रकाशन भएको पुस्तक अध्ययन गरेर भगवान् शिवको वचन अनुसारकै दर्शन विधि पालना गरेर पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न भक्तजनलाई आह्वान गर्नुभयो ।
    पशुपति क्षेत्रका उत्पत्ति, जात्रा, पर्व, कोषको गठन विधि, गुरुयोजना, कोषको काम, कर्तव्य अधिकारलगायत विषयसमेत समेटिएको पुस्तकको मूल्य रु ५०० राखिएको छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम धार्मिक र सामाजिक काममा लगाइने जनाइएको छ । पशुपति क्षेत्रमा बनेका निजी मठमन्दिरका समस्याका विषयमा समेत पुस्तकमा चर्चा गरिएको छ ।-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु