Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • बुनियाद गीतका मायाबी गीतकार रविन पियाको मायामय गीतको भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार २१:१२

    काठमाडौं। बुनियाद गीतका मायाबी गीतकार रविन पियाको मायामय गीतको भिडियो सार्वजनिक भएको छ। युगिन गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके बोलको गीतको भिडियो सात समुद्रपारि अमेरिकावाट सार्वजनिक भएको हो।
    अमेरिकामा रहेर भोगाइका अनगिन्ति यथार्थहरुलाई आत्मसात गर्दै गीतवाट भावनालाई बुलन्द गर्दैआएका गीतकार रविन पियाको यो गीतको भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन भएको हो। जसमा अमेरिकामा नै रहेका सुबेचन श्रेष्ठ र सेलिका सुनारको अलावा गीतकार रविन पियाको पनि स्वभाविक अभिनय रहेको छ।
    अमेरिकामा नै रहेका निर्देशक बीबी फुयाँलको निर्देशन र अक्की शर्माको सम्पादन तथा नेपालमा रहेका ईनेश आर पियाको ग्राफिक्समा तयार भएको हो। छायाँकन भने, गीतकार पियाले नै गरेका हुन। नेपालमा रहंदा ख्यातिप्राप्त कार्टुन चित्रकार समेत रहेका गीतकार पियाको गीतमा सुरेन्द्र मुखियाको संगीत तथा सम्राट थापाको एरेञ्ज रहेको छ।

    मायामा धेरै धेरै बाँचिसके
    प्रतीक्षामा आँखाहरु थकाइसके
    नदीका दुई किनारा हामी
    न तिमीले तर्न सक्यौ
    न मैले सके
    आँखाभरि आँशु बोकी
    आँशुभरि बेदना
    मुटुभरि माया राखेर
    मायाभरि सम्झना
    न तिमीले भन्न सक्यौ
    न मैले भन्न सके
    दुवै मुटु एकै हुदा
    एउटै भन्न सकेनौ
    माया वीचको तगारो नाँघ्न नै सकेनौ
    न तिमीले कोशिश गरयौ
    न मैले गरे

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु