सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • रात्रीभोज सहित खेलाडी सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १८:१७

    काठमाडौँ । गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।

    ‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए ।

    संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताउनुुभयो । तरुण दल १३ एकाइका अध्यक्ष सुवोधप्रसाद प्रधानले समकालीन राजनीतिका अदर्श पुरुष सिंहले मुलुकमा प्रजातन्त्र स्थापना तथा जनताको सामाजिक न्याय, आर्थिक रुपान्तरण गर्न गरेका योगदानलाई चिरस्थायी बनाउन उहाँका नामबाट गरिने खेलकूद, सामाजिक, राजनीतिकलगायत गतिविधिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

    काठमाडौँ महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धर, कार्यक्रम आयोजक संस्था ‘एचडी थर्टीन ग्रुप’ का अध्यक्ष निर्मलप्रसाद श्रेष्ठ, तरुण दल क्षेत्र नं ८ का अध्यक्ष अनिरुद्रप्रसाद प्रधानलगायतले मुलुकको विकासका लागि त्याग र निष्ठाको राजनीतिको आवश्यकता रहेको औँल्याउनुुभयो ।
    कार्यक्रममा खेलाडीलाई रात्रीभोज सहित सम्मानित गरिएको थियो । यस्ता कार्यक्रमले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु