दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल पाकिस्तान फेन्डसिप क्रिकेट सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १ गते, आईतवार २०:४५

काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टि(ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
पाकिस्तान दुताबासले आयोजना गरेको छैटौं संस्करणको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
धुम्बाराहीस्थित पाकिस्तान दुताबासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतियोगिता संंचालन गरिएको थियो ।
छैटौं संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले मेडल प्रदान गरेका थिए ।
कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गरेका थिए । समापन कार्यक्रममा मुख्य अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अतिथीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए ।
खेल समापनमा बोल्दै राजदूत हैदरले आगामी दिनमा यस्ता प्रतियोगिता संचालन गरिरहने बताए ।
दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ ।
समापन अवसरमा उसले सहभागी टोली, अफिसियल लगायतालाई करिब २० हजार बराबरको उपहार बाडेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु