दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २ गते, सोमबार ८:२९

वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी गराएनन् ।

त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी,उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास,उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल,उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् । गुप्ता नेतृत्वको यस कार्यसमितीको कार्यकाल २ बर्षको रहने छ ।
।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु