दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेवारिसे शवको मुखाकृत देखिनेगरी वेबसाइटमार्फत पहिचान खुलाउन सामाजिक अभियन्ताहरुको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २ गते, सोमबार ९:४६

काठमाडौं, १ चैत्र । बेवारिसे शव र हराएका मानिसहरुको लागि बायोमेट्रीक प्रविधि प्रयोग गरेर पहिचान खुलाउन सामाजिक अभियन्ताहरुले आग्रह गरेका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बेवारिसे शवलाई राज्यले मृतकको मुखाकृत फोटोसहितको छुट्टै बेवसाइट बनाएर शवको पहिचान खुलाउन सामाजिक अभियन्ता डा. संगमजंग केसीले आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. केसीले देशभर रहेका बेवारिसे शवहरुको फोटोसहितको हुलिया बनाएर वेबसाइटमा राख्दा उनका परिवारले वर्षौ खोज्नुपर्ने समस्याको अन्त्य हुने बताए । डा. केसीले सरकारी अस्पतालमा दुई÷तीन दिन राखेर कोही आफन्त नआएमा नगरपालिकालाई दाहसंस्कार गर्न जिम्मा दिनुपर्नेमा जोड दिए । उनले थपे,‘परिवारले आफन्त हराएको भन्दै आजीवन खोज्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
उनकाअनुसार सरकारद्वारा गठित तीन सदस्यीय टोलीले तयार पारेको बेवारिसे शव व्यस्थापन निर्देशिका सरकारले जारी गर्न लागेको छ । उनले भने,‘त्यो मन्त्रीपरिषद्बाट पास गरिनुपर्छ ।’
राम्रो कामको सुरुवात ‘बेवारिसे शवको पहिचान हाम्रो अभियान’ अन्तर्गत पाँच जना अभियन्ताहरुले सरकारलाई शव व्यवस्थापनको माग गर्दै धर्ना दिएको पनि उनले जानकारी दिए । उनले अनशनरत सामाजिक अभियन्ताहरुले चन्दा उठाएर बेवारिसे भई दाहसंस्कार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे ।
उनले विभिन्न अस्पतालमा र प्रहरी चौकीमा राखिएका हजारौँ बेवारिसे भनिने शवको अभिलेख राख्नुपर्ने पनि बताए । ‘वेबसाइटमार्फत सार्वजनिक गरियोस् ।’ केसीले भने,‘कसैको आफन्त हराएमा वेबसाइटमार्फत सजिलै जानकारी पाउन सहज हुन्छ ।’
उनले अभियन्ताहरु डा. संगमजंग केसी, सुनिल महर्जन, सनिष नापित, पालन राजवंशी, लोहित श्रेष्ठ, बालान कुमार राजवंशीले बेवारिसे शबहरुको व्यवस्थापनको माग गर्दै शान्तिपुर्ण रुपमा पुस २६ गतेदेखि लगातार आज ६४ दिनसम्म धर्ना दिइरहेको बताए । उनले भारतलगायत बिभिन्न मुलुकमा बायोमेट्रिक प्रविधिमार्फत ८७ प्रतिशत वेबारिसे शवको पहिचान भएको जिकिर गरे ।
उक्त अभियानअन्तर्गत राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारस गरी २०७४ फागुन ३० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समेत कार्यान्वयनका लागि निर्णय गरेपनि दुर्भाग्यवश सिफारिस कार्यान्वयन गर्न ढिलाई हँुदा प्रत्येक ३ जनाले दैनिक फर्केर नआउने व्यक्तिको लागि आजीवन प्रतिक्षा गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु