हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डेको सम्मानमा टानको कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार २२:१७

    काठमाडौं-ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)ले पाटा हेड क्वार्टरका नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे लाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी टानले सचिव पाण्डेलाई शुभकामनाका साथै बधाइ ज्ञापन गरेको हो ।

    कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङ समक्ष पर्यटन व्यवसायका समस्याहरू राख्दै छिट्टै क्वारेन्टाइन सिस्टम हटाएर पर्यटकको आगमन सहज बनाउन सहयोग गरिदिन समेत सुवेदीले आग्रह गरे ।

    त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले पर्यटन क्षेत्रको सहजताका लागि आफूले गर्नुपर्ने पहल गरिरहेको बताए । पछिल्लो समय नाकाबाट नेपाल आउने पर्यटकले पीसीआर रिपोर्ट ल्याउनुपर्ने र फ्लाइटबाट आउने पर्यटकले नेपालमा आएर पीसीआर टेस्ट गर्नुपर्ने र नतिजा नआउन्जेल क्वारेन्टाइन बस्नुपर्ने ड्राफ्ट तयार भएको समेत तामाङले बताए । छिट्टै नै सरकारले पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तयारी भएको पनि उनले बताए ।

    टानका पूर्व अध्यक्ष नवराज दाहालले पाण्डेलाई बधाइ दिँदै पाटा जस्तो सम्मानित संस्थाको सचिव पदमा नियुक्त हुँदा सिङ्गो पर्यटन क्षेत्रले नै गर्व महशुस गरेको बताए । “सचिव पाण्डेले पाटा च्यापटर नेपालको अध्यक्ष हुँदा पनि धेरै कामहरु गर्नुभएको छ , हामीलाई आशा छ अबको दिनमा पनि नेपालको पर्यटन विकासका लागि सँधै तत्पर भएर लाग्नु हुनेछ”निवर्तमान अध्यक्ष दाहालले भने ।

    याङकीला शेर्पाले सुमन पाण्डेले नेपाल पर्यटन क्षेत्रमा धेरै उपलब्धिमूलक कार्य गरेको बताईन् । शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै नवनिर्वाचित पाटा हेडक्वार्टरका सचिव पाण्डेले करिब ३२ वर्ष देखि पर्यटन क्षेत्रमा बिताएको उनले बताए । टानको महासचिवबाट एसोसिएसनमा काम गर्दै आज पाटा हेडक्वार्टरको सचिवसम्म आइपुग्दाको समय भित्रमा साथ सहयोग गर्ने सबै शुभचिन्तकलाई सम्झिँदै पाण्डेले सबैमा धन्यवाद ज्ञापन समेत गरे । मान्छेले जहाँ गएपनि आफ्नो धरातल बिर्सिन नहुने बताउँदै उनले आफू जहाँ पुगेपनि टान लाई, नेपाल पर्यटनलाई र पर्यटन क्षेत्रको विकासमा र आइपर्ने कुनै समस्याको समाधान खोज्न सँधै तयार रहेको पाण्डेले जानकारी समेत गराए । टानका पूर्व अध्यक्ष समेत रहेका पाण्डेलाई रुद्र सिंह तामाङले खादा लगाई शुभकामना प्रदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु