सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • सन्देशमुलक चलचित्र “अटिजम”को पहिलो प्रदर्शन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार ०६:५३

    काठमाडौं ।नेपाली चलचित्र क्षेत्रमा चलचित्र निर्माणका कार्यहरु धमाधम भईरहेपनि चलचित्रको बजार अहिले सुस्ताईरहेको अवस्था छ । व्यवसायिक र मनोरञ्जनाक चलचित्रहरु निर्माण भईरहने नेपाली चलचित्रको बजारभन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र “अटिजम”को पहिलो प्रदर्शन (च्यारिटी शो) शनिबार लाजिम्पाटको होटल लि हिमालयमा सम्पन्न भएको छ । सिम्पल आर्ट्सको आफ्नो २३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रमको अवसर पारेर यस चलचित्रको पहिलो पर्दशन गरिएको हो ।

    चलचित्रको च्यारिटी शो सँगसँगै वार्षिक रुपमा विभिन्न सर्जकहरुलाई सम्मान गर्दै आएको सिम्पल आर्ट्सले यस वर्ष कलाकार सुशिल पोख्रेल, संगीतकार नरहरी प्रेमी, लोकगायिका रामदेवी गुरुङ, साहित्यकार अशोक घिमिरे र समाजसेवी शोभित उप्रेती लगायत पाँच विधाका पाँच स्रष्टालाई सम्मान गरेको थियो । कार्यक्रममा समाजसेवी उप्रेती भने विशेष कारणवश सहभागी भएनन् ।

    रिच भिजन प्रा. लि.द्धारा निमार्ण भएको यस चलचित्रको निर्देशन संगीतकार तथा निर्देशक केशव रेग्मी (सान्दाइ)ले गरेका छन । चलचित्र निर्माण गर्ने शिलशिलामा आफुले नेतृत्वको भुमिका मात्र निर्वाह गरेको र अन्य धेरै व्यक्तिहरुको साथ, सहयोग र सक्रियतामा चलचित्र अटिजम तयार भएको निर्देशक रेग्मीले बताए । साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्र अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको हो ।

    कलाकार तथा पटकथाकार बिक्रम श्रेष्ठले चलचित्र अटिजम निर्माणको प्रसंग र निर्माणको दौरानमा सिर्जना भएका चुनौतीलाई मञ्चबाट व्यक्त गरेका थिए । उनले आगामी दिनमा अटिजमकै टीमले २ वटा आशामुलक चलचित्र निर्माण गर्न लागेको र अहिले स्क्रिप्टमा काम भईरहेको कुरा पनि खुलाए ।

    करिब २ घण्टा लामो चलचित्रमा समाजमा अटिजम भएका बालबालिका वा व्यक्तिको फरक किसिमको व्यवहारलाई अनेक किसिमले नाम दिएर दुव्र्यवहार गर्ने गरेको तथ्यलाई उजागर गर्ने प्रयास गरिएको छ । अटिजम एउटा रोग नभएर एउटा अवस्था हो भन्ने सन्देश दिन खोजिएको छ । अटिजम भएका व्यक्तिहरुलाई घर, परिवार र समाजले हेर्ने मानसिकता र दृष्टिकोणलाई परिवर्तन गर्न सक्ने हैसियत चलचित्रले राखेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु