दवाडीलाई अमेरिकाको क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ३ गते, मंगलवार १७:२८

काठमाडौं । सरकारले बिगत लामो समयदेखी अमेरिकाको सन्फ्रान्सिको शहरमा बसोवास गर्ने घनप्रसाद दवाडीलाई अमेरिकाको क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतमा नियुक्त गरेको छ । दवाडी यसअघी पनि उक्त क्षेत्रका लागि पर्यटनदुत रहेका थिए । दवाडीलाई अहिले नेपाल सरकारले पुरै क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतको कार्यभार दिएको छ ।
सानफ्रान्सिस्कोस्थित नेपालीहरुको पुरानो संस्था न्यान्सका अध्यक्ष रहेर स्थानियस्तरमा सामाजिक कार्य गर्दै सबै नेपालीको मन मुटुमा बस्न सफल दबाडिको जन्मघर गोर्खा हो उनि २०५० सालदेखी काठमाण्डुको ठमेलमा ट्राभल र ट्रेड ब्यापारमा आबद्द थिए । एनआरएनए अमेरिकाका पुर्व सल्लाहकार समेत रहेका सानफ्रान्सिस्कोका पुराना सामाजिक अभियन्ता दवाडी समाजसेवीसमेत हुन । सरकारले पर्यटनदुत नियुक्त गरेपछि खुशी हुदैँ दबाडिले आफुलाई बिश्वाश गरेकोमा नेपाल सरकारलाई धन्यबाद दिदै आफुले आगामी दिनमा नेपाली समाजसँग सहकार्य गर्दै थप सामाजिक काम गर्दै अगाडी बढने जनसवाललाई बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु