“लाज” भनेकाे के हाे ?
“लाज” कहाँ(अङ्ग बिशेष) लाग्छ ?
“लाज” किन लाग्छ ?
तपाईं लाई “लाज” लाग्छ कि लाग्दैन ? लाग्छ भने किन र कहाँ लाग्छ ?
मलाई बुझाईदिनुहाेस।
के हाे त साँच्चै लाज भनेकाे ?
मान्छे किन लजाउँछ ?
पढेका हैन परेका कुरालाई आफ्नाे भाषामा व्यक्त गर्नुहोस।
बैज्ञानिकहरुको अनुसार मानिस मात्रै यस्तो प्राणी हो जसलाइ लाज लाग्ने बानी हुन्छ र उनीहरु लजाउने गर्छन ।
बास्तबमा लाज एउटा इमोसनसंग जोडिएको कुरा हो ।
हामी कसैलाई लाज जनाउन खोजौ भन्ने त्यहा एउटा इमोसन जोडीएको हुन्छ । रुनु,हास्नु,निन्द्रा लाग्नु भोक लाग्नु आदि यो सबै हामीले अनुभव गरेर मात्रै थाहा पाउने कुराहरु हुन।
एक सोधका अनुसार प्राचिन कालमा मान्छेहरलाई लाज भन्ने कुरा के हो भन्ने थाहा थिएन रे ।
त्यसैले अनुसन्धानविद्हरू भन्ने गर्छन् त्यति बेलाका हाम्रा पुर्खाहरू लुगा नलगाई हिँड्थे रे ।
विस्तारै विकास क्रम संगै मान्छेलाई लाज ढाक्न र मौसमको प्रतिकूल असरबाट बच्नका लागि प्रकृतिले धेरै कुरा सिकाउन थाल्यो अनि पातपतिंगर र जनावरका छाला हुँदै मान्छेले थरीथरीका लुगाहरु लगाउन थाल्यो ।
चेतनाको विकास पनि हुँदै गएपछि मान्छेले अरू जनावरहरू भन्दा आफूलाई श्रेष्ठ बनाउँदै लग्यो र अहिलेका हामी मान्छे विकसित प्रजातिका रूपमा बाँच्न पाएका छौँ ।
तर अब आएर यो आधुनिक सोच पनि परिमार्जन भएको छ।
समय र विकासक्रमसंगै लाजको परिभाषामा पनि परिवर्तन हुँदै गएको छ ।
अब लाज लाग्नु नलाग्नु भनेको कपडाले शरीर ढाक्नु र नढाक्नुमा मात्र सीमित रहेन ।
लाज शारीरिक मात्र नभएर सामाजिक, मानसिक र बौद्धिक कुराहरूसंग पनि गाँसिन थाल्यो ।
हामी सबैलाई लाज लाग्छ तर लाज कहाँ लाग्छ, किन लाग्छ वा कसरी लाग्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन ।
नदेखिने कुरा भए पनि लाज लाग्ने भएर नै मान्छेले धेरै गर्न नहुने कुराहरू गर्नबाट आफूलाई बचाउँछ ।
तर, लाज नलाग्ने मान्छेहरुले जे पनि गर्न सक्छ ।
नैतिकता, सामाजिक जिम्मेवारी, कसैप्रतिको कुनै पनि उत्तरदायित्व भन्ने कुरा लाज नलाग्ने मान्छेले बुझ्दैन ।
लाज लाग्नु तसर्थ मान्छेको आफना लागि र अरूका लागि पनि साह्रै महत्वपूर्ण कुरा हो।
अब अलिकति प्रसंग मोडौं रेसमी च्यादरले लाज नछोपिए पनि बादशाहको कालो चस्माले त पक्कै पनि छोपिनुपर्ने थियो नि तर त्यो पनि छोपिएन।
त्यसैले यी पंक्तिहरु गुनगुनाउन मन लाग्यो –
“चिर चिर चुर चुर गर्ने भँगेरा खै कता गएछ
यता बिस्कुन हरायो।
सुसेली हालेर बन पाखामा खै के पिरती गास्नु
मुना मदन हरायो।
नारी अस्मिताको कुरा गर्छन् यहाँ
स्कुल गएकि छोरी हरायो ।
आफन्त परिवार बुढा पाका झम्के साँझ मेरो प्यारो गाउँ हरायो
माना पाथी ढिकी जाँतो गाग्री ताउलो हलो जुवा गोरु हरायो।
सबै फाँट रोइरहेछन् बनमाराले खाइसक्यो यहाँ सिमाना साझ हरायो।
इमान बेचेर नाङ्गिएका छन् नेताहरु
यहाँ इमानदारीताको लाज हरायो।”
रामचन्द्र तिम्सिना
(आवाज)