दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ५ गते, बिहीबार १८:१८

काठमाडौं, ५ चैत । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा बिहिबार आयोजना भएको साधारण सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरि सभा सम्पन्न भएको हो । सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साथै संस्थाको सातौ वार्षिक साधारणसभामा सर्वसाधारण शेयर धनि तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले आ.व. २०७६।०७७ को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ । सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४० लाख ४५ हजारबाट बृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ ।

चालु आ.व. २०७७।०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड तथा बचत १ अर्ब ९५ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा बित्तीय पंहुच पुर्याउने, आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिने जस्ता कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु