• पछिल्लो २४ घन्टामा देशभर १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार २०:१०

    काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ६ सय १० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु