दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले अन्तराष्ट्रिय डेण्टल एण्ड ओरल हाइजिन गोष्ठी गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ५ गते, बिहीबार २०:५८

काठमाडौं, ५ चैत्र । विश्व मुख स्वास्थ्य दिवस–२०७७ को पुर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएसनले आगामी शनिबार र आइतबार अन्तराष्ट्रिय डेन्टल एण्ड ओरल हाईजिन गोष्ठि गर्ने जानकारी दिएको हो ।
एशोसिएशनले माइतीघर मण्डलामा चैत्र ७ गते शनिबार विश्व मुख स्वास्थ्य दिवस उद्घाटन तथा जनचेतनामुलक कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म गर्ने भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मुख स्वास्थ्य प्रमुख स्वास्थ्य सेवा विभागका डा.प्रकाश बुढाथोकी रहने जानकारी दिईएको छ ।
त्यस्तै, एशोसिएशनले चैत्र ८ गते आइतबार होटल ऐल्लो पगोडामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अन्तर्राष्ट्रिय डेण्टल एण्ड ओरल हाइजिन गोष्ठी गर्ने भएको छ । उक्त गोष्ठी कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत रहने जनाईएको छ ।
कार्यक्रममा बोल्दै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटाले हालसम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दन्त स्वास्थ्य क्षेत्रमा कुनै पनि कार्यक्रमहरु नगरेको आरोप लगाए । उनले सबैभन्दा महंगो दन्त उपचारलाई कम्तीमा पनि सबै स्थानीय तहमा लैजान सकेमा मुखबाट हुने शरीरमा अन्य जटिल रोगहरुलाई रोक्न सक्ने बताए । उनले सरकार, प्रदेश सरकार र स्थानिय सरकार यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘धेरै मानिसहरुले दाँत माँझेपनि सही तरिका थाहा छैन्’ उनले भने, ‘पहिला ब्रस नगर्दा समस्या थियो भने पछिल्लो समयमा ब्रस गर्न नजानेर समस्या आएको छ ।’ बढी घोटीएर दाँत घोट्ने गर्दा दाँत खिइने, सिरिङ–सिरिङ हुने जस्ता समस्या देखापरेको उनले बताए । एसोसिएनले सही तरिकाले राष्ट्रिय दाँत माझ्ने अभियान सुरु गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै ओरल हेल्थमा भर्खरै पि.एच.डी सकाएका डा.अमित कुमार शाखले ओरल हेल्थ अझैपनि नेपाली परिप्रेक्ष्यमा नौलो भएको बताए । नेपालमा दन्त स्वास्थ्यलाई अझैपनि तल्लो स्थानमा राखेको आरोप लगाए । उनले मानिसहरुले दाँतलाई महत्व नै नदिएको जिकिर गरे ।
नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनका उप–महासचिव प्रकाश गौतमले दाँत माझ्ने तरिकाबारे जानकारी दिएका थिए । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका महासचिव तथा प्रवक्ता निमा गेल्बु शेर्माले कार्यक्रम संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु