हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • नेकपा (एमाले) निकट युवा संघको राष्ट्रिय भेला भोलि, नयाँ नेतृत्व चयन गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १८:२८

    काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघले शुक्रबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोली राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

    शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए । अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको ठहर थियो ।
    उनले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए ।

    भोली हुने भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु