• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    शंखादेबि भूपू बिध्यार्थी समाजकाे बनभाेजकाे उद्देश्य र आवश्यकता के हाे ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार ०९:१५

    नवराज लम्साल संस्थापक महासचिव शंखादेवी भूपू बिध्यार्थी समाज

    शंखादेवी भूपू बिध्यार्थी समाजकाे बिधान लेख्दै गर्दा मेराे मनमा बिध्यालय छाडेको (तत्कालीन साथीभाइहरू जाे म संग एउटै कक्षामा अध्ययन गर्नुहुन्थ्यो) बिछाेड भएकाे लामाे समय पछिसम्म पनि सम्झनाले सताईरहेकाे थियाे । ती दिनहरू मानसपटलमा नाचिरहेकाे थियाे । एउटै कक्षा काेठामा बसेकाे, तिदुँ र पनेलकाे बाेटमा झुन्डिएको, राताेमाटाेमा सल्लाकाे पात बिच्याएर सिलिलि खेलेकाे आदि आदि
    खै ? त्याे अनमाेल पलहरू जति भुल्न चाहेपनि एकपछि अर्काे संझनाकाे समुन्द्रमा सामुन्द्रिक तुफान ल्याए झै मेराे मनमा पनि आँधिबेहरी ल्याइरहेकाे थियाे । म झन- झन ती वालवयकाे मिलनकाे सुमधुर दिनहरूकाे सम्झना र भुल्न नसक्ने ती काउकुति लाग्दाे क्षणहरू स्व. बिक्रम पाण्डे सरकाे अनुसाशन, स्व. चेत बहादुर सरकाे आर्मी स्वभाव सुन्दा कठाेर तर मायाले भरिएकाे व्यवहार, स्व.पिताम्वर सरकाे सरलता,बिध्यार्थी संग सहजै घुलमिल बनाउने र हाँसीहाँसी पढाउने कला र भुमिनन्द सरकाे मन्द मुस्कान सहितकाे नियमित मिठाे वचन कहिल्यै बिर्सिन नसकिने क्षणकाे रूपमा मेराे जीवनमा प्रभाव परेकाेले मैले हिड्ने बाटाे फेला परेको , आँखा देखेको, कखरा सिकेको बिध्यालय प्रतिकाे प्रेम भावकाे कारणले यश बिध्यालयकाे संझनाकाे तरेलिलाई अजरअमर बनाउनु पर्छ भन्ने कर्तव्यबोधले बिधान लेखेको थिए ।
    मलाई मेराे व्याजकाे सधै प्रथम हुने बिध्यार्थी हालकाे बिध्यालय व्यवस्थापन समितिकाे अध्यक्ष श्रद्धेय राम बहादुर श्रेष्ठ सबै शिक्षककाे मनपरेकाे राेज्जा बिध्यार्थी बन्दै गर्दाकाे अनुभूति हाेस या म संग असाध्यै मिल्ने मेराे परम आदरणीय मित्रहरू रामचन्द्र धमला,भुवन गुरूङ, केशव धमला, बिनाेद धमला, राम धमला,बिनय ढकाल,जानकी श्रेष्ठ लगायतको बिध्यालय जीवनकाे अनुभुतिहरू लामाे समयपछि फेरि भेटेर शेयर गर्ने हुटहुटीले जागरूक बनाएकाे थियाे ।
    मैले अघिल्लो पुस्ताकाे श्रद्धेय अग्रजहरू तत्कालीन समयमा ज्यामरूङमा बिध्यालय चाहिन्छ भनेर बिध्यालय स्थापना गर्न अहाेरात्र खट्नुभएका लालप्रसाद धमला, दुर्गा प्रसाद धमला, शिक्षकहरू गुरु प्रसाद बुर्लाकाेटी, खेम लाेहनी, फडिन्द्र धमला लगायतकाे मेहनत र परिश्रम पछि निमार्ण भएकाे बिध्यालयकाे सुरूवाती सुमधुर कहानी उहाहरू कै मुखारबिन्दबाट सुन्ने उत्कण्ठा ले एउटा भूपू बिध्यार्थीहरूकाे मिलन बिन्दु खाेज्ने थलाेकाे रूपमा बिकास गर्न खाेजेकाे कारण याे संस्थाले संस्थागत आवरण पाएकाे हाे ।
    म र म जस्तै केही गर्नु पाए हुन्थ्यो भनेर सदैब सकारात्मक साेच राख्नुहुने साथीहरू रामचन्द्र, बिमल, स्व. राजन, दिपा, निरू, निर्मला, सबिता, ज्ञान बहादुर, रमेश, कृष्ण लगायतकाे साथीहरूकाे सामुहिक ईच्छा शक्ति र त्यस बिध्यालयमा अध्ययन गर्नु भएकाे र अहिले नमुनाकाे रूपमा विभिन्न क्षेत्रमा स्थापित हुनुभएकाे अादरणीय अग्रजहरूकाे सफलताकाे कहानी र सफलता प्राप्त गर्न गर्नुभएको कठाेर मेहनत सुनेर कान पबित्र पार्नकाे लागि पनि निर्माण भएकाे हाे याे संस्था …..!
    मलाई शंखादेवीकाे सफल व्यक्तित्वहरू सम्भु धमला, बिएन ढकाल, बलराम धमला, दिपक धमलाहरूकाे सफलताकाे मिठाे कथा सुन्नुछ । मलाई डा. नबराज लम्साल, डा. हाेम रिजाल, ऋषि धमला, ऋषि लम्साल, टीका धमला, हरिहर बिक्रम शाह, कल्पना धमला,बालकृष्ण लम्साल, चन्द्र लम्साल, हरि लम्साल, पूर्ण बहादुर गुरूङ, चुडामणि खनाल,कुमार धमला लगायत सयाै सफल व्यक्तित्वहरू संग साक्षात्कार हुनुछ र उहाँकै शव्दमा शंखादेविकाे भूमिका र याेगदानकाे बारेमा बुझ्नुछ ।
    शंखादेवि बिध्यालयरूपी रूखकाे जराहरू राष्ट्रिय, अन्तर्राष्ट्रिय भिन्नभिन्न ठाउँमा भिन्नभिन्न भुमिकामा नयाँ नयाँ खाेज, अनुसन्धान र बिकासकाे अग्रगामी छलाङ मारेर उद्दाहरण बनेको सबै संग भेट्न र परिचय गर्ने रहर छ त्यसैकाे सेराेफेराेमा रहेर याे संस्था स्थापित भएकाे छ ।
    शंखादेबी भूपू बिध्यार्थी समाजकाे बिधानमा लिपीवद्द भएकाे उद्देश्यहरू यश प्रकार छ :-
    याे संस्था मुनाफा रहित जनहितकारी, सामाजिक संस्था हुनेछ । यसले बिध्यालयकाे सुरूवात अवस्थादेखि हाल सम्म बिध्यालयलाई याे अवस्थामा ल्याउन भूमिका खेल्ने अग्रजहरूकाे बारेमा खाेज अनुसन्धान गर्नेछ । ज्यामरूङकाे महत्त्वपूर्ण कला, भाषा,सम्पदा, संस्कृति, परंपरा, र संस्कारहरूकाे अध्ययन अनुसन्धान गरि भूपू बिध्यार्थीहरूकाे संस्मरण लिपिबद्द गर्नेछ । बिध्यालयमा अध्ययनरत दलित, गरिव एवं निम्न बर्गकाे बिध्यार्थीलाई शिक्षा तर्फ उत्प्रेरित गर्ने किसिमको कार्यक्रमहरू संचालन गरिनेछ । गुणस्तरीय शिक्षाकाे बिकास गर्न बालबालिकालाई बिध्यालय पठाउन प्राेत्साहन दिने र उमेर पुगेकाहरूकाे लागि पाैंढ शिक्षाको कार्यक्रमहरू संचालन गरणने एवं एसईई परीक्षामा सर्वाेउत्कृष्ठ बिध्यार्थीलाई प्राेत्साहन गर्न छात्रवृत्तिको व्यवस्था मिलाईनेछ । बिधालयलाई एक्काईसाै सताव्दीकाे प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा प्रदान गराउनकाे लागि आवश्यक साधन श्राेत व्यवस्थापनकाे लागि सक्रिय भुमिका निर्वाह गरिनेछ सम्भव भएसम्म कक्षा १ देखि नै अँग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने व्यवस्थाकाे लागि वातावरण तय गर्नेछ । संसार भर छरिएर रहनुभएकाे भूपू बिध्यार्थीहरूलाई एक- अर्को मा चिर परिचित गर्दै उहाँहरूकाे सीप र ज्ञानलाई बिध्यालयकाे अमुल्य सम्पत्तिको रूपमा संरक्षण गर्नेछ । बिध्यालयलाइ साधनश्राेत सम्पन्न बनाउनकाे लागि सबै प्रकारकाे सहयाेग गर्नेछ । बिध्यालयलाइ बिध्यार्थी मैत्री बाताबरण निर्माण गरणनकाे लागि आवश्यक पहलकदमी गर्नेछ । बिध्यालयमा अनिवार्य कम्प्युटर शिक्षाकाे व्यवस्था मिलाईनेछ । बिध्यार्थी, शिक्षक र अभिभावक काे बीचमा पुलकाे काम भूपू बिध्यार्थी समाजले गर्नेछ । बिध्यालयलाई अझबढी अार्थिक पारदर्शिता बनाउनेछ ।
    माथीकाे यी उद्देश्यहरूकाे बारेमा छलफल बहस गर्न र आफूले अध्ययन गरेकाे बिध्यालयकाे भूपू बिध्यार्थीहरू संग परिचय र पुनर्मिलन गर्नकाे लागि आगामी चैत १४ गते शनिबार १० बजे बालाजु बाईसधारामा सांगेतिक कार्यक्रम सहित बनभाेज कार्यक्रम तथा संस्थाकाे साधारण सभा सहित नयाँ कार्यसमिति निर्माण कार्यक्रम मा सबै बिध्यार्थीहरू, शिक्षकहरू,संचालक समिति, अभिभावक तथा भूपू बिध्यार्थी समाजलाई चुले निम्तो छ ।अस्तु

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु