कविता –
मोबाईलको घण्टी –
कस्ले भन्छ परिवर्तन भएन ?
कस्ले भन्छ जमाना फेरिएन ?
वर्तमानमा उभिएर
बिगतलाई नियाल्नुस त
ख्वाँक ख्वाँक सुख्खा खोकेर
प्रेमिल इशारा दिने जमाना गयो ।
लामा-लामा साहित्यिक शब्दहरु भरेर
प्रेम-पत्र पठाउने दिन पनि गयो ।
न खाम किन्दा
कसैले चाल पाउला कि भन्ने डर
न प्रेमपत्र दिंदा कसैले देख्यो कि भन्ने चिन्ता।
हेर्नुहोस त अहिलेको पिढिलाई
नत हुलाकिको राह हेर्नू परेको छ
नत पानी पंधेरो र गौंडो कुर्नुपरेको छ।
मोबाईल खोल्यो फोटो पठायो
म्यासेज गर्यो बोलायो
आहा
साहित्यिक फाँट गुगलमा छ
इमोजी र ह्यान्डराइटिङ एप्स कत्ती हो कत्ती।
त्यसैले त आजभोलिका प्रेमिप्रेमिकाहरु सबै
साहित्यकार,
गजलकार,
गितकार अनि
मुक्तककार बनेका छन् ।
अझ रोचक त यहाँ छ
हरेक ब्यक्ति बिषेशको अलगअलग रिंगटोन छ।
म्यासेजको अलगअलग धुन छ।
लेख्न मिल्ने
मेट्न मिल्ने
चोर्न मिल्ने
साट्न मिल्ने कत्ती हो कत्ती सुविधा पनि
त्यसैले त आजभोलिका नव पिंढिहरुको
श्री सम्पत्ति नै मोबाईल बनेको छ।
यसैले रुवाउने
यसैले हँसाउने
यसैले जुटाउने
यसैले फुटाउने
भाको पनि देखाउँछ
न भाको पनि देखाउँछ
अझ भनौं त
देखाउने चिज पनि देखाउँछ
नदेखाउने चिज पनि देखाउँछ।
मोबाईल र इन्टेरनेट हुनुपर्छ
दिन बितेको पत्तो हुन्न
रात छिप्पिएको पत्तो हुन्न।
एक्लै हाँस्ने
एक्लै रुने
त्यसैले त आजभोलि कसैलाई
ग्राउन्डमा खेल्नु छैन
चोकमा रुमल्लिनु छैन
लखरलखर बरालिनु छैन
जे छ यहीँ छ
जे गर्छ यसैले गर्छ।
रामचन्द्र तिम्सिना
(आवाज)