हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • अमरलाल र इभानालाई स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार १७:१९

    काठमाडौं ।काठमाडौं महानगरपालिका २५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका १२ की इभाना थापाले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अमर पुरुष तथा इभाना महिला सिंगल्समा पहिलो भए । दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन ।
    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अमरले विराटनगर ३ का बोधित डिसीलाई ११–५, १२–१०, ११–७, ६–११, १–११ र १३–११ को सेटमा पराजित गरे । धरान २ का महावीर जैशवाल र भक्तपुर ५ का राजीव चिकन्बन्जर संयुक्त रुपमा तेश्रो भए ।
    भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजनमा स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० को सेटमा हराइन् । काठमाडौं २ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पर्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे ।
    प्रतियोगितामा विराटनगर ३ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण र २ रजत जितेको विराटनगर ३ ले आकर्षक रनिङ शिल्डसहित ५० हजार नगद पुरस्कार हात पा¥यो ।
    विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको पुरुष ४० वर्षमाथि भेट्रान सिंगल्समा विराटनगर ३ का राजेश भट्टराई पहिलो र विकेन थापा दोश्रो तथा काठमाडौं ३२ का नरेश रावल र बूढानीलकण्ठ १२ का कपुर शर्मा पौडेल तेश्रो स्थानमा रहे । सोही स्पर्धाको ५५ वर्षमाथि धरान १२ का राजन सुब्बाले स्वर्ण, ललितपुर १६ का प्रकाश धाक्वाले रजत तथा काठमाडौं ३१ का विनयकुमार सिंह र ललितपुर ११ का सरदमान श्रेष्ठले कांस्य जिते । दुवै उमेरसमूहका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए ।
    पुरुष टिम इभेन्टमा विराटनगर ३ पहिलो, धरान ९ दोश्रो तथा ललितपुर १९ र धरान १२ तेश्रो बने । महिला टिममा भक्तपुर ५ पहिलो, भक्तपुर २ दोश्रो तथा काठमाडौं २ र ललितपुर १२ तेश्रो स्थानमा रहे ।
    विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु