• विश्वभर कोरोना भाइरस संक्रमण बढ्न लागेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १९:११

    ८ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा विश्वभर कोरोना भाइरस संक्रमण बढ्न लागेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

    पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।

    प्रवक्ता डा. जागेश्वर गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिकरभैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरिएको छ ।

    साथै मन्त्रालयबाट विगतमा जारी गरीएका अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरी कोभिड १९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ ।

    विश्वभर कोरोना भाइरसको संक्रमण बढेको छ । छिमेकी देश भारतमा मात्र एकै दिन ४३ हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु