पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

आज नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन फाइनल तथा आठ जना सेफ बिभुषित हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ९ गते, सोमबार ०७:३१

काठमाडौं, ९ चैत – ग्लोबल नेप्लिज सेफ फेडेरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुतिमा नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै कुलिनरी क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न सेफहरुलाई विभिन्न ८ बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरिदै छ।

आजको यस कार्यक्रमले नेपाली खानाको विकाश र विस्तारका साथै गुणस्तरीय बनाउन सहयोग पुग्ने ग्लोबल नेप्लिज सेफ फेडरेशनका कार्यकारी प्रमुख लक्ष्मण प्रसाद भण्डारीले बताए ।

अलोफ्ट होटल काठमाडौको प्रायोजनमा सेन्चुरी मसलासँगको सहकार्यमा हुने प्रतिष्पर्धामा विशेष गरी नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । प्रतिपर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपिँया पाउने छन् ।

बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फोट होटलका जिएम बिक्रम सिंघ निर्णायकका रुपमा रहेका छन् । प्रतिष्पर्धा र अवार्डलाई सेन्चुरी मसला,बाबा तेल,अउरा सेफ, टुरिजम बोर्ड,गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज,मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न सघ संंस्थाहरुले साथ दिएको
विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्यकिरण श्रेष्ठले जानकारी दिनु भयो ।

आजको यस कार्यक्रम टिभी टुडेबाट प्रत्यक्ष प्रसारण गरिने आयोजक ले जानकारी गराएका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु