सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • क्रियाशील पत्रकारहरुले सदस्यता नपाएसम्म रौतहटमा महासंघको चुनाव हुँदैन- अध्यक्ष साह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १९:३३

    ललन कुमार चौरसिया ।
    चैत्र १२ रौतहट।
    नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्र साहले क्रियाशील पत्रकारहरुले सदस्यता नपाएसम्म रौतहटमा कुनै पनि हालतमा महासंघको निर्वाचन हुन नसक्ने दावी गरेका छन ।
    सदस्यता पाउँनुपर्ने माग गर्दै रौतहटका क्रियाशील पत्रकारहरुले सोमबार देखी शुरु गरेको धर्ना कार्यक्रममा समर्थन जनाउँदै महासंघका अध्यक्ष साहले यस्तो दावी गरेका हुन ।
    जिल्लाका केहि वास्तविक पत्रकारहरुले महासंघको सदस्यता नपाएकोप्रति आफुपनि दुखि रहेको बताउँदै अध्यक्ष साहले क्रियाशील पत्रकारहरुले सदस्यता नपाए आउँदो चैत्र २५ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन नहुने ठोकुवा गरेका हुन ।
    आफु क्रियाशील पत्रकारहरुले सदस्यता पाउनु पर्छ भन्ने पक्षमा रहेको तर केहि निर्वाचित पदाधिकारीले क्रियाशील पत्रकारलाई सदस्यता नदिने पक्षमा रहेका कारण वास्तविक पत्रकारले सदस्यता पाउँनबाट बञ्चित भएको महासंघका अध्यक्ष रवीन्द्र साहले बताए ।
    अध्यक्ष साहले भने सक्रिय सञ्चारकर्मीले सदस्यता नपाएसम्म निर्वाचन समिति पनि बन्दैन, चुनाव पनि हुँदैन र मैले कुनै सहयोग पनि गर्दैन ।
    जिल्लाका क्रियाशील पत्रकारहरुले सोमबार देखि नेपाल पत्रकार महासंघ रौतहट शाखाको अगाडि महासंघको विरुद्ध शान्तिपुर्ण धर्ना दिन सुरु गरेका छन् ।
    नेपाल पत्रकार महासंघ रौतहटले जिल्लाका क्रियाशील पत्रकारहरुलाई सदस्यता बाट वञ्चित गरेको भन्दै क्रियाशील पत्रकारहरुले दैनिक आन्दोलन अन्तर्गत धर्नामा बसेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु