एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १२ गते, बिहीबार २०:१२

काठमाडौं । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औं र महिलाको ३० औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् ।
अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।
सन्जु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । सागको कुनैपनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् ।
प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु