तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १२ गते, बिहीबार २०:१७

काठमाडौं ।तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ । बिहिवार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्र समेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने स्कुल र कलेजमार्फत डोरीतान खेललाई बिस्तार गदैछौं ।
आयेजक जिल्ला सुनसरीका अध्यक्ष निश्चलराज शाक्यले प्रतियोगितामा मित्र राष्ट्र भारतको २ टिम, प्रदेश १,प्रदेश २, बागमति प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ तीन विभागिय टिम नेपाल आर्मी,नेपाल एपीएफ क्लब, नेपाल पुलिस, भूपू ब्रिटिस गोरखा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता रहने जानकारी गराए । अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियम अनुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाईने छ । दुहवी नगरपालिका सरस्वती माबीको खेल मैदानमा हुने खेलको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा शाक्यले जानकारी गराए । नेपाल खेलकुद पत्रकार मञ्चमा भएको पत्रकार सम्मेलनमा डोरीतान संघका वरिष्ठ उपाध्यक्ष सुर्य भट्राई,उपाध्यक्ष एवंम मनमोहन स्पोर्टस् एकेडेमीका अध्यक्ष सुभाषश्री पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु