दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी नेपालको सहयोग र मर्सील्याण्ड नेपालको आयोजनामा शैक्षिक सामाग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १४ गते, शनिबार ९:०७

सिन्धुपाल्चोक- मेलम्ची १३ मा रहेको चण्डेश्वरी आधारभूत बिधालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

मर्सील्याण्ड नेपालको आयोजनामा काठमाडौ स्थायी घर भई हाल क्यानडाको बासिन्दा रहनुभएका सहयोगी मनका धनी समाजसेवी प्रदीप नेपालको बिशेश सहयोगमा गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री वितरण गरिएकाे हो।


शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्था का अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले सहयोग गरेकोमा सहयोगी मनका धनी नेपाल लाई धन्यवाद सहित आभार आभार प्रकट गरेका छन।

अहिले हाम्रो यो पहिलो कार्यक्रम हो,आगामि दिनमा बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत पराजुलीले प्रतिवद्दता जाहेर गरे।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संचालन समितिका अध्यक्ष भिम बहादुर तामाङले भने यो स्कुल भनेको दलित,जनजातिका बालबालिका अध्यान गर्ने भएकाले विद्यार्थीहरुको सानो सानो सहयोगले विद्यालयमा विद्यार्थीलाई टिकाउन र उनिहरुलाई हौसला प्रदान गर्न महत्त्वपूर्ण रहेको बताए ।

विद्यालयका प्रध्यानध्यापक बद्री प्रसाद ढुगानाले बालबालिकालाई शिक्षा प्रति आर्कषण गर्नका निम्ति यस्ता खालक सहयोगले टेवा पुग्ने बताए ।

कार्यक्रममा मर्सील्याण्ड नेपालका उपाध्यक्ष पवन लाल श्रेष्ठ सचिव नवराज आचार्य कोषाध्यक्ष ज्ञान बहादुर तितुङ सदस्य एशोदा थापा गिरी र राम तितुङ लगाएको उल्लेखनीय उपस्थित थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु