• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    पछिल्लो २४ घण्टामादेशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि ९३ जना मुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार १८:३३

    १४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७४५ नमुना परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आज थपिएका ८५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

    त्यसैगरी आज देशैभरी ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ४३५ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ ।

    त्यस्तै देशैभरी संक्रिय संक्रमितको संख्या १२८८ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५९ रहेको छ ।

    त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ५९ हजार ४५ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

    भारतमा तिब्रगतिमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि पछिल्ला केही दिनयता संक्रमित हुने र संक्रमणबाट निधन हुनेको संख्या बढिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु