दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यु–१३ जुनियर क्रिकेट लिग हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १४ गते, शनिबार २०:२४

काठमाडौं, चैत १४ गते ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प्रायोजनमा हुन लागेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ । यसअघि आयोजकले यु–१६ क्रिकेट पनि आयोजना गरिसकेको छ । यु–१३ उमेरसमूहको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजाने बताइएको छ ।
एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले निजी क्षेत्रबाट विभिन्न संघ संस्थासंग सहयोग र हातेमालो गरी सानो उमेरसमूहका नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ट्वान्टी– २० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एकेडेमीकै हातामा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु