हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • सांसद दवाडीको समाजसेवा ः क्रियाखर्च देखि खाद्यान्न वितरणसम्म

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २०:४६

    गोरखा, १४ चैत । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले समाजसेवालाई निरन्तरता दिएका छन् ।

    गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट प्रतक्ष्य निर्वाचित सांसद दवाडीले जिल्लाका विभिन्न ठाउँमा पुगेर गाउँघरको समस्या बुझ्ने समाजसेवामा सक्रिय भएका छन् ।

    सांसद दवाडी आज पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व शिवराम विश्वकर्माको परिवारलाई क्रियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई रु ७ हजार हस्तान्तरण गरेका हुन् ।
    यस्तै, सांसद दवाडीले आजै बारपाक सुलिकोट गाउँपालिका ३ गनमाङको एक परिवारलाई खाद्यान्न, कुर्ची र बालबालिकालाई कलम कापी सहयोग गरेका छन् । उनले गनमाङ आइतवीर गुरुङको पाँच जनाको विपन्न परिवारलाई उक्त सहयोग गरेका हुन् । उनले सो

    सांसद दवाडीले प्रदेशसभा सांसद भएवापत आउने आफ्नो सम्पूर्ण सेवा र सुविधा गोरखाको समाजसेवामा खर्च गर्दै आएका छन् । उनले गोरखाका ग्रामीण भेगमा पुगेर त्यहाँका समस्या बुझ्दै समस्या परेकालाई सक्दो सहयोग गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु