गजल
“बिर्सेको छैन”
शिवलाई सम्झेर बुद्ध जस्तो “बाउ” बिर्सेको छैन !
प्रदेशमा छु तर रमाइलो “गाउँ”, बिर्सेको छैन!!
डोर्यायो कर्मले र त लाचारी बनेको छु यहाँ!
प्यारो लाग्छ आफ्नै जन्मघर “नाउँ” बिर्सेको छैन!!
तिरौंला ॠण आफ्नै हातले फर्काउँला बन्दगी!
बिहानै हल गोरु लैजाने, “साहु” बिर्सेको छैन!!
भगवान छ भन्छन गरिबको पनि दिन आउला!
मनको सुन्दर बस्ती बसाउने “दाउ” बिर्सेको छैन!!
बिबसताले टाढा हुँदा म पनि खुशि कहाँ छु र हजुर!
उडायो गरिबिले अरबमा टेक्ने “ठाउँ” बिर्सेको छैन!!
रामचन्द्र तिम्सिना
(आवाज)