स्किल वीक २०२१ को दोस्रो संस्करण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १७ गते, मंगलवार ०९:०६

समीर नेपाल
चैत १७ काठमाडौं
स्किल वीक २०२१ को दोस्रो संस्करण सोमबार सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ।

आयोजित कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र सयौं इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

एक हप्ता सम्म संचालित स्किल वीक कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्यनजर गर्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गरिएको थियो।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढदो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य सहित स्किल वीक कार्यक्रम आयोजना गरिएको थियो।

२१ मार्च देखी २९ मार्चसम्म संचालित उक्त कार्यक्रममा स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”, भन्ने नाराका साथ यस बर्षको स्किल्ल वीक कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति,उद्दमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए ।यसैबिच यिनै चार बिधामा चार ब्यक्तित्वहरुलाई नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधीबाट सम्मानित गरेको थियो।

स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी श्री सोनम वांगचुकको उपस्थिती मा सन्चालन गरिएको थियो । उनकै जिवनमा आधारीत रहेर वहाँको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्शक रुपमा थ्री इडीयड्स एक बलिवुड चलचित्रमा दर्शाइएको छ ।
पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी श्री गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएको थियो सम्मानित प्रधान एक यस्ता व्यक्ति हुन् जसले नेपाली कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेले । त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा सम्मानित गरिएको थियो। त्यस्तै उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष श्रीमती शान्ति चड्ढालाई सम्मानित गरिएको थियो।
चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ श्री पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरिएको थियो।
सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न दुई प्यानेलमा छलफल सन्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “वर्कफोर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ” शीर्षकमा आयोजित थियो । उक्त प्यानलमा मध्यमकर्ताका रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिस ठाकुर, प्यानेलमा नेपाली उधोग परिषदका उपाध्यक्ष वीरेन्द्र पाण्डेय,राजदुत नोना डेप्रेज,अग्नि इनकोरपोरेटेड प्रा.लि का प्रबन्ध निर्देशक कैबिनेट श्रेष्ठ,सिद्धार्थ हस्पिल्यटिलीटी समूहका अध्यक्ष लक्ष्मण न्योपाने, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डल छलफलको लागि प्यानलिस्टको रूपमा उपस्थिति रहेको थियो ।

दोस्रो प्यानलमा छलफल शीर्षक “स्किल्ल्स फर पोस्ट पेनडेमिक वर्ल्ड” छलफलले नेपालको सीप नीति, महामारी पछी भविष्यका सीपहरू विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतालाई मुख्य विषय बनाइ छलफल गरिएको थियो।

प्यानलिस्टको रूपमा सखा समूहका कार्यकारी निर्देशक अस्था सखा,डिश होमका प्रबन्ध निर्देशक सुदीप आचार्य नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव सुमन घिमिरे र आईएनजी समूह बाट रवि फुयालको उपस्तिथि रहेको थियो भने मध्यमकर्ता का रूपमा एपी वान एचडी टिभीका प्रमुख सम्पादक टीका राम यात्रिले कार्यक्रमलाई सन्चालन गरेका थिए।

उक्त कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो । पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदार,भारतीय राजदूतावास श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ,पे टिभी पार्टनरका रुपमा डिश होम, पि आर पार्टनर,भि चित्र, सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा,एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्से, नेपाल आइस मनोरन्जन पार्टनरका रुपमा रहेका थियो ।

कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू र लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु