पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १७ गते, मंगलवार १६:१८

१७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १४० नमुना परीक्षणमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा ७८,चितवनमा २२, कास्कीमा ३२, कैलालीमा १०, ललितपुरमा ७ संक्रमित थपिएका हुन् ।

आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ७२७ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ३ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १३८० रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५३ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ६७ हजार ४०८ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु