बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • राष्ट्रिय रिङ रेस्लिङको तयारी पुरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १८:५०

    दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । बहिवार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएकी छन् । श्रेष्ठले भनिन देशका उत्कृष्ट रेस्लर (द्दलम च्ध् ल्ब्त्क्ष्इल्ब्ी ऋज्ब्ःएक्ष्इल्क्ज्क्ष्ए द्दण्द्दज्ञ )े दोश्रो राष्ट्रिय रिङ रेस्लिङ्ग प्रतियोगितामा सहभागिता जनाउन पोखरा आई सकेका छन् । हामी सम्पूर्ण पक्षको तयारी पुरा गरेर प्रतियोगिताको उद्घाटन समापनलाई उत्कृष्ट र भब्यता दिन लागि परेका छौं । राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायतको सहयोग रहेका प्रतियोगिताको अनुमानित बजेट २९ लाख रहेको श्रेष्ठले बताईन् ।
    पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख सहित च्याम्पियन वेल्ट तथा उपविजेताले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेकी श्रेष्ठले जानकारी दिईन् ।
    नेपाल रिङ रेस्लिङ संघले पर्यटकिय नगरी पोखरामा २०७३ सालमा पहिलो संस्करण गरेको स्मरण गराउदै भनिन् २०७४ सालमा हामीले नेपाल भारत मैत्रिपुर्ण खेल र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराईन् ।
    पत्रकार सम्मेलनमा राखेपका कार्यकारी सदस्य यकेन्द्र कुवँर, राखेप सदस्य राजेश गुरुङलगायतले खेलको सफलताको कामना गरेका थिए ।
    हामीले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको ब्यबस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरेका छौं श्रेष्ठले भनिन् । हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग)ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएका श्रेष्ठले जनाईन् ।

    चैत्र २० गते शुरु हुने २ दिने प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिका निर्वाह गर्ने छन् भने नेपालका ख्याती प्राप्त हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति समेत रहने छ । कार्यक्रम सञ्चालन दिक्षा कार्कीले गर्ने छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु