दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र १९ गते, बिहीबार १९:०८

काठमाडौं, चैत १९ । समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्र्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् ।
मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् । सामाजिक उत्तरदायित्व अन्र्गत आईएमईले सञ्चालन गरेको प्रतियोगितामा यु–१० ब्वाइज तर्फ असभ सम्राट हाडा र स्पन्दन उदास उपाधि नजिक पुगे । असभले अनिस कसुलालाई ६–१ र ६–० तथा स्पन्दनले डोजन गुरुङलाई ६–० र ६–० ले हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । यस्तै यु–१२ ब्वाइज तर्फ दर्शिल श्रेष्ठ, सृजन भट्टराई, निसाध जोशी र बोरिस अधिकारीले सेमिफाइनलमा स्थान बनाउँदा ब्वाईज युगलमा निहाल थापा र सक्षम विक्रम शाह, प्रनभ मानन्धर र राजवीर प्रधान तथा प्रितम परियार र सौगात विकको जोडी अन्तिम चारमा प्रवेश गरे ।
आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु