हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • चलचित्र ‘प्रेमगन्ज’मा तेज र बेनिशा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १९:१६

    काठमाडौं ।चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।
    चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।
    यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार िदिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।
    यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।
    बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने वताईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु