• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    काभ्रेमा धुलो दूध कारखाना राख्न जोडदार माग “

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ०५:१६

    काठमाडौं ।भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौंडा, बागमती प्रदेशले आगामी आ.व २०७८-०७९ को योजना तर्जुमा सम्बन्धमा विशेषज्ञसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मन्त्रालयकी सचिव मतिना जोशीको अध्यक्षता एवं माननीय मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा समग्र कृषि क्षेत्र र दुग्ध क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुती गरिएको थियो ।

    कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि छलफल गर्ने क्रममा नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले उत्पादनमा लागत घटाउनु पर्ने, निर्यात सम्भावना भएका हाम्रा मौलिक उत्पादन छुर्पी र चिजलाई राज्यले संरक्षण गरि सहयोग गर्नुपर्ने, छुर्पीमा लाग्दै आएको भ्याट छुट हुनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

    यसका साथै, दुधको गुणस्तर कायम गर्न दुई समय दूध संकलन गर्नुपर्ने, प्रति लिटर दुधमा दिइदै आएको अनुदान सहकारीलाई मात्र नभएर निजि क्षेत्रलाई पनि दिनुपर्ने , उपभोग बढाउन विज्ञापनमा ध्यान दिनुपर्ने, घरेलु डेरीलाई प्रबर्द्धन गर्न मर्जर कार्यक्रम ल्याई अनुदान दिनुपर्ने र देशभरिमा सबैभन्दा बढी दूध खपत हुने काठमाडौं आशपास पाउडर दूध कारखाना नभएकोले चितवन, मकवानपुर, नवलपरासीबाट लगेको दुघ फेरि फर्काएर पाउडर बनाउन चितवन वा पोखरा लानु परेकोले त्यस्तो दोहोर मारबाट बच्नका लागि तत्काल काभ्रेमा धुलो दूध कारखाना खोल्नु पर्ने विषयमा जोडदार कुरा उठाएका थिए ।

    त्यस्तै केन्द्रिय दुग्ध उत्पादन सहकारी संंघका अध्यक्ष नारायण देवकोटाले प्रस्तुत कार्यपत्रमा तथ्यांक गलत भएको र त्यसमा सच्याइयोस् भन्ने माग राखेका छन् । त्यस्तै, किसानलाई मारमा पर्ने तथा किसानको संरक्षण र सर्वदनमा जोड दिनु पर्ने पनि उनले ध्यानकर्षण गराए।

    डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले उद्योगीको समस्या बुझ्न अग्रग गर्दै आउने दिनमा प्रदेशले उद्योगीको हितमा काम गर्न , दुई समयमा संकलन गर्नेलाई मात्र दिइयोस् ,दुधको बेलाबेलामा बजारीकरण र उत्पादनमा देखिएका असन्तुलनलाई मध्यनजर गर्दै मौज्दात राख्ने सहि ब्यवस्था गरियो भने किसानको उत्पादन फ्याँक्नु पर्ने समस्या सहज रुपमा समाधान हुने हुँदा उक्त समस्याको समाधान खोज्न अनुरोध गरे ।

    विभिन्न सहकारी, एसोसिएसन, संघ,संगठन र किसानका प्रतिनिधिले बिउबिजनको समस्यादेखि लिएर बजारीकरणका समस्यासम्मका बिषय उठान भएको थियो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले उठेका सबै विषयमाथि व्यापक छलफल गरि सकेसम्म समाधान गर्ने बताए । प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लब सापकोटाले अब आउने बजेटमा आज उठेका विषयलाई समेटेर कार्यक्रम तय गरिने कुरा बताए ।

    कार्यक्रमका प्रमुख अतिथी मन्त्री दावा दोर्जे लामाले उपस्थित सबैलाई धन्यवाद दिदै व्यक्ताहरूको सुझाबले मन्त्रालयलाई नीति तथा कार्यक्रम बनाउन थप सहयोग पुगेको पनि जिकिर गरे । कार्यक्रममा मन्त्रालयका सचिव एवं कार्यक्रमका सभापति मतिना जोशीले सहभागीहरुको बहुमुल्य सुझाबको कदर गर्दै कृषि क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिक्रिया जनाइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु