हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर, २०२१” को शिर्ष उपाधी अनिश र शुष्माको हातमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ०९:५३

    काठमाडौँ – चैत्र २०।

    अनिश बु्ढाथोकी र सुष्मा खत्रीले यो वर्षको ‘मिस्टर एण्ड मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज पहिरिन सफल भएका छन् ।

    रोयल मेजेन्टाको आयोजनामा भक्तपुरको सुर्यविनायकस्थित ईम्पेरियल बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस्टर आईकन अफ भक्तपुर –२०२१’ को उपाधी अनिश बु्ढाथोकी ले हात पारे । ‘मिस आईकन अफ भक्तपुर –२०२१’ को ताज भने सुष्मा खत्रीले पहिरिईन।

    प्रतियोगितामा मिस्टर तर्फबाट सौरभ राज गिरि फर्स्ट रनर अप भए भने मिस तर्फबाट अस्मिता कार्की फर्स्ट रनर अप घोषित भईन। त्यसैगरी रियनुज तण्डुकार र अल्विना श्रेष्ठ क्रमशः मिस्टर र मिस तर्फबाट सेकेण्ड रनर अप घोषित भएका थिए ।

    सरोजा श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा निर्णायक मण्डलको रुपमा क्वेस्ट ग्रुप अफ कम्पनीका सिईओ तथा ईभेन्ट व्यवस्थापक बिकाश श्रेष्ठ, एआईएमटी ट्रेनिङका म्यानेजिङ डिरेक्टर तथा युथ आईकन २०१९ सेलिशा क्षेत्री, म्युजिक डिरेक्टर तथा मोडल मनोज ओली र मोडल साजन देउजा रहेका थिए।

    कोरियोग्राफर आशिष नापितको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘पछिल्लो समय सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धीको अन्तर्निहित क्षमता उजागर गर्नेतर्फभन्दा आयोजक संस्थाको मनोपोलीको कारण यस क्षेत्रलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै आएको अवस्थामा हाम्रो उदेश्य व्यवस्थित एवं गुणस्तरिय मोडल उत्पादन गर्नु र यसतर्फ आफ्नो करियर सुनिश्चित गर्न चाहनेहरुलाई मञ्च दिनु पनि हो’,आयोजक रविन देउजाले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु