दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माउन्ट ग्लोरीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २० गते, शुक्रबार १९:३७

काठमाडौं, चैत २० गते ।
माउन्ट ग्लोरीले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
बल्खुको मदननगरस्थित आयोजक भिजनोभा रिक्रिएसन सेन्टरमा भएको फाइनल सरहको खेलमा माउन्ट ग्लोरीले विश्वनिकेतनलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका एलेक्स पौडेलले २ तथा सञ्जय स्याङ्तानले १ गोल गरे । विश्वनिकेतनबाट विकेश शाहीले सान्त्वना गोल फर्काए ।
प्रतियोगितामा सहभागी २४ टिम मध्ये शीर्ष तीन टोलीलाई राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराई विजेताको टुंगो लगाइएको थियो । त्यसमा माउन्ट ग्लोरी शत प्रतिशत जितका साथ ६ अंक जोड्दै च्याम्पियन बनेको हो । त्यसअघि माउन्ट ग्लोरीले ब्राइट फ्युचरलाई ८–० को फराकिलो गोलअन्तरले हराएको थियो । दोश्रो भएको विश्वनिकेतनले ब्राइट फ्युचरलाई ४–० ले पन्छायो । विश्वनिकेतनले ३ अंक जोड्यो । ब्राइट फ्युचरले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विश्वनिकेतका विकेश शाही उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिता अवधिभर १६ गोल गरेका विश्वनिकेतनकै अनिल नगरकोटी सर्वाधिक गोलकर्ता बने । माउन्ट ग्लोरीका पेम्बा नोर्बु भोटे उत्कृष्ट गोलरक्षक घोषित भए । एसियाली तारा पुञ्जका विश्वास सुनुवार उदीयमान खेलाडी बने । एसियालीनै अनुशासित टिम ठहरियो । एसियालीले २ हजार ५ सय नगद पुरस्कार हात पा¥यो ।
विजेतालाई बागमती प्रदेश सांसद् डा. अजय क्रान्ति शाक्य, अखिल नेपाल फुटबल संघका सह–महासचिव मोहनबहादुर बस्नेत, आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु