पछिल्लो २४ घण्टामा देशभर थप १२८ जनामा कोरोना पुष्टि, १६१ जना संक्रमण मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २१ गते, शनिबार १९:०९

काठमाडौं । नेपालमा थप १२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

अहिलेसम्म कुल २ लाख ७७ हजार ७६८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६१३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७३ हजार १२३ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८.३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७२७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ८१ हजार ८३२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ६१३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ रहेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जान

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु