सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार १५:०८

    चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो ।

    विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो । अहिलेको राजनीतिक अस्थिरताको बारेमा बोल्दै देउवाले जनताले चाहे मात्र काँग्रेस सरकारमा जाने बताउनुभयो । ‘सत्ताभन्दा ठुलो पार्टी हो । पार्टीभन्दा ठुलो जनता हुन्, निर्णायक अवस्थामा मात्र काँग्रेस सरकारमा जान्छ ।’ उहाँले भन्नुभयो । मिडिया हाउसले पत्रकारिताको धर्म निर्वाहको साथसाथै समाजका लागि बहुआयामिक काम गरेकोमा लक्की मिडीया हाउसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
    सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

    आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले कोरोनाका कारण हरेक क्षेत्र तहसनहस भएसँगै मिडिया क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउनुभयो । यस्तो महामारीको समयमा पनि मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रामजी कुँवरले गर्नुभएको थियो ।
    स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु