बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १७:३३

    काठमाडौं । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो । वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । उहाँले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो । बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो । गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु