गजल
“याद गर्नु होला”
को आए को गए याद गर्नु होला,
घुम्छ फेरि समय याद गर्नु होला !
आफ्ना भनाउँदाहरु पक्कै टाढिनेछन,
खल्ती बलियो नभए याद गर्नु होला !
हचुवाको भरमा प्रख्यात बनाईन्छ यहाँ
तसर्थ,क्षणिकको जयजय याद गर्नु होला!
स्वार्थ नबोक्ने मान्छे हुँदै-हुदैनन ,
हरेक भनाईको आशाय याद गर्नु होला!
खादा र माला सित्तैमा पाईन्छ
बिजय वा पराजय याद गर्नु होला !!
रामचन्द्र तिम्सिना
(आवाज)