• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    बेत्रावती-गोसाइकुण्ड रणनीतिक सडक निर्माणमा सांसद आचार्यको योगदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार ०९:२२

    रसुवा, २३ चैत । नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ । प्रतिनिधीसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउवारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर– सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो । सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो । “समृद्ध रसुवा– सुखी रसुवाबासी निर्माणका लागि आफुले योगदान गरिरहने सांसद आचार्यले बताए । सांसद आचार्यले विस २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोवाटो–ठूलोगाउँ–हाकु–गत्लाङ सडक तथा स्याउबारी–आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत आग्रह गरेका थिए । उता, बोगटिटार हुदै नौकुण्ड जाने सडक मा केहि समय अघि मात्रै ४ वटा पक्कि पुलको टेन्डर भैसकेको छ। ती पुलको निर्माण तोकिएको समयमै हुने बताइएको छ । उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी कर्तव्य पूरा गर्ने सम्बन्धमा मोहन आचार्यको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । रसुवामा पनि विकासमा पछाडी परेको नौकुण्ड गाउँपालिकामा ग्रामिण बस्ति हुँदै गोसाईकुण्ड जाने मोटर बाटो बन्दा यस क्षेत्रको विकास र रसुवाकै विकासमा ठूलो योगदान पुग्ने स्थानीय जनप्रतिनिधि नौकुण्ड गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष धर्म तामाङले बताए । सडक आयोजनाले जनजीवन सहज हुने स्थानीय वागेल थोक्राले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु