नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागद्वारा राष्ट्रिय शिक्षा नीति प्रारम्भिक प्रतिवेदन प्रस्ताव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २९ गते, आईतवार ०५:३१

नवलपरासी : नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अब प्रधानमन्त्री केपी शर्मा ओलीका सकिने दिन आएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागद्वारा नवलपरासीमा आयोजित राष्ट्रिय शिक्षा नीति प्रारम्भिक प्रतिवेदन प्रस्ताव, छलफल तथा अन्तक्र्रिया कार्यक्रममा खाणले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडे पनि अब ओलीका सकिने दिन आएको बताए । खाणले सबैभन्दा ठूलो जीत निःसन्देह वैचारिक जित भएको र त्यसमा काँग्रेस विजयी भएको बताउँदै संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि काँग्रेस नै भएको बताए । संविधानलाई बहुसंख्यक नेपालीहरुले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने नेपाली नागरिकले नेपाली काँग्रेसलाई नदिनु पार्टीभित्रकै गुट उप-गुटले काम गरेको बताए । ‘विचार र निर्वाचन भिन्न भिन्नै होइनन, एकै सिक्काका दुई पाटा हुन् । एकको विजयले अर्कोमा पनि स्वत विजय हुनु पर्ने हो । तर नेपाली काँग्रेस पार्टीको विचारले जितेर पनि चुनाव किन हार्‍यौं त ? उनको प्रश्न छ ।

उनले अगाडि भने, के नेपाली काँग्रेसको राजनीतिक विचारमा नेपाली जनताको र हाम्रो बुझाई फरक छ ? के अहिले राजनीतिक विचार र मुद्दाको नेतृत्व नेपाली काँग्रेसले गर्दैन ? यी प्रश्नहरूमा पार्टीभित्र गम्भीर र इमान्दार छलफल गर्नुपर्छ । एकपटक मात्र होइन निरन्तर छलफल गरेर किन हाम्रो र नेपाली जनताको हामी प्रतिको बुझाइमा सामन्जस्यता आउन सकेन ?
त्यसलाई प्रतिकुल
यसबारे आम जनतालाई नेपाली काँग्रेसले बुझाउनु पर्ने खाणको भनाइ छ । साथै खाणले चुनावमा नेपाली काँग्रेसले खेप्नु परेको हारलाई काँग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताए ।

त्लाई प्रतिकुल चुनावी परिणामले आम काँग्रेस समर्थक तथा शुभेच्छुकहरुमा समेत चरम निराशा उत्पन्न गरेको छ । उनीहरुको आत्मसम्मानमा गम्भीर ठेस पुगेको छ । आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिले स्विकार गर्दागर्दै जसरी चुनावी हारको सामना गर्नु परेको थियो, उनले भने
त्यसले काँग्रेसी तथा काँग्रेसजनमा एउटा विश्वासको संकटको स्थिति सिर्जना भएको बताउँदै यसलाई पार्टीले गम्भीर रुपले लिएर अगाडि बढिनुपर्ने बताए । साथै अब पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच र गुट उपगुटमा अल्झिनु नहुने र अबको शिक्षाले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपाली माटो सुहाउदो नीति बनाउनु आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो ! उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख श्री हरिप्रसाद नेपालले नेपालको शिक्षाले आत्मबोध, राष्ट्रबोध र जगतबोध गराउन नसकेकोमा गुनासो गर्दै नेपाली कांग्रेसको काधमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने कुरामा प्रतिवद्धता जनाउनुपर्ने कुरा उल्लेख गर्नु भयो ।
विशिष्ट अतिथी ने. का. केन्द्रीय सदस्य देवेन्द्रराज कडेलले प्राविधिक शिक्षा मार्फत आर्थिक विकास गर्नुपर्ने कुरालाई जोड दिनुभयो ! नेपाली काङ्ग्रेस केन्द्रिय आ सदस्य बालकृष्ण पाण्डे ले अब वडा कमिटीबाटै सुझाव लिदै अन्तर्राष्ट्रिय स्तरको अनुगमन गरि सोदेसमै स्तरिय शिक्षा प्रणाली को लागू गर्नु पर्नेमा जोड दिनु भयो उक्त कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग उप-प्रमुख तथा पूर्व शिक्षा राज्य मन्त्री श्री शेषनाथ अधिकारीले नेपाली कांग्रेसले नेपालमा भएका सबै आन्दोलनको नेतृत्व गरेकोले शिक्षामा आवश्यक रहेको आमुल परिवर्तनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नु पर्ने कुरालाई जोड दिनु भएको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेसका शिक्षा विभागका सदस्य तथा लुम्बिनी प्रदेश सुझाव संकलन कार्यदलका संयोजक राधेश्याम पाठकको सभापतित्वमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु