• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    आज चैत्र कृष्ण औंसी अर्थात घोडे जात्रा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार ०७:११

    काठमाडौं, चैत २९ । आज चैत्र कृष्ण औंसी अर्थात घोडे जात्रा प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा आईतबार उपत्यकामा घोडे जात्रा मनाइँदै छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ ।

    सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।

    आइतबार बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको छ। घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा हुँदै आएको हो ।

    जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।

    पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ । यो जात्रालाई अब हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ । टुँडिखेल

    मा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँलालगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ । घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ ।

    यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्दैै आएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु