दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमबारदेखि आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २९ गते, आईतवार २०:१८

काठमाडौं । नयाँ बर्ष २०७८ लाई स्वागत गदै विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार सोमबारदेखि संचालनमा आउदै छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध गेटमा सगै सुरु गरिएको सो रेष्टुरेन्टमा नास्ता तथा खाजाका विभिन्न स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास निरन्तरता दिदै कुलिनरी अर्थात पाककलामा दशकदेखि विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरेर देश बिदेशमा चर्चा कमाउन सफल एक्जुकेटिभ सेफ समेत रहेका संचालक भत्त बहादुर गुरूङले बताउनुभयो ।

हामीले रेस्टुरेन्टमा स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ। परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै समयानुसारको प्राविधिक सेवा अर्थात अनलाईन अर्डर र होम डेलीभरीको व्यवस्था, स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट व्यवस्था र हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो ।

ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै पाहुनाको इच्छा अनुसारको खानाको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । आत्मनिर्भरताको खाँचो र अरु विदेशिने युवालाई केही संदेश मिलोस भनेर रिनधन गरेर रेस्टुरेन्ट व्यवसायमा हात हालेको पनि संचालक गुरूङको भनाई छ ।

‘

नेपाल जस्तो विकासोन्मुख देशमा अहिलेको समयमा होटल लाईनमा भरपुर सम्भावना छ’ उहाँले भन्नुभयो‘तर यसका लागि पनि सहि ठाउँको पहिचान गर्न सक्नुपर्छ र समय रहँदै विवेकका साथ अगाडि बढेपछि सफल अवस्य भईन्छ । यस कामबाट सफलता हाँसिल भए छिटैनै अन्य पर्यटन क्षेत्रमा प्राथामिकता साथ के गर्ने सोँच रहेको सँचालक गुरूङको भनाई छ ।

साथै मेहनत र परिश्रम गरे सानो लगानीमा स्वदेशमै पनि राम्रा अवसरहरु रहेको रोजगारका लागि विदेशिने युवालाई उहाँको सुझाव छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु