दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किन जहिले पनि विद्यालय नै बन्द गराउने सोचमा ?”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र २९ गते, आईतवार २०:३६

प्रल्हाद दाहाल
निवर्तमान सचिव :नेशनल प्याब्सन

कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विगत एक वर्षदेखि सारा कुरा समस्या ग्रहस्थ रहेको छ । हरेक क्षेत्रमा अहिलेसम्म पनि त्यति बेलाको असरले छाडेको छैन। सीसीएमसीले अहिले पनि भारतमा कोरोनाको प्रकोप बढ्दै गएपछि हाम्रो देशमा विद्यालय र अन्य भिडभाड हुने स्थान केही समयका लागि बन्द गर्ने प्रस्ताव गरेको कुरा आइरहेको छ । अन्य कुरा सबै खुलिरहँदा विद्यालय मात्र बन्द हुँदा त्यसले खासै कोरोना रोकथामलाई कुनै पनि सहयोग पुर्याउँदैन। घरका सबै परिवार नै भित्र बस्ने अवस्था सम्भावना छैन ।

घरमा छुट्टै कोठामा अलग अलग बस्ने कुरा पनि सोचे जति व्यवारिक हुँदैन । त्यस कारण सबै किसिमका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई दैनिक सबै किसिमका कार्य यथावत राख्दै अगाडि बढ्न सक्दा मात्र सबै व्यवसाय र राज्यलाई सहयोग पुग्न सक्छ । हामी सबैजना पुनः लक डाउन गर्ने कुराबाट मुक्त हुनुपर्छ । अब विद्यालय बन्द नगरी संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनुसार कार्य गरि संचालन गर्नुपर्छ ।

गत वर्ष २०७६ चैत्र ११ गतेबाट गरिएको लकडाउनले नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, सम्पुर्ण आर्थिक क्षेत्र, रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न क्षेत्रमा पारेको प्रभावहरु आम नेपालीले अनुभूत गरिसकेका छन् । लकडाउन मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको छ । त्यस कारण अब त्यतातिर जानु भनेको जानाजान भिरमा लड्न जानू जस्तै हो । कोरोनाबाट बच्नका प्रत्येक विद्यालयमा आवश्यकता अनुसार तातो पानी , स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु अनिवार्य गराउनुपर्छ । यस्तो कार्य गर्नको लागि सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वय भने अनिवार्य हुन्छ । विद्यालयमा कार्यरत सबै शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्दै विद्यालय संचालनमा रोक लगाउनु हुँदैन ।

सबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन लगाई विद्यालय प्रशासनले विशेष भूमिका निर्वाह गर्दै शिक्षक कर्मचारीहरुलाई चनाखो गराई आ-आफ्नो कार्य गर्न लगाउँदै विद्यालय संचालन गर्नु नै आजको अवस्थामा बुद्धिमानी हुन्छ । राज्यले पनि अनावश्यक लकडाउन गराउनुभन्दा पनि विद्यालयमा सहजताका साथ विद्यालय चलाउने कुरामा सहयोग गर्दा उत्तम हुनेछ ।
प्रत्येक अभिभावकले आ–आफ्ना बालबालिकाहरूलाई संक्रमणबाट जोगिन अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्वनका साथै स्वास्थ्यवर्धक खानपिनमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्दै विद्यालय संचालन गरिनुपर्छ ।

विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट सबै ठाउँमा पढाउन सम्भव छैन । अनलाइनको माध्यमबाट योभन्दा अगाडि पनि प्रयोगमा ल्याई अनुभव गरिसकिएको हुँदा अब पनि लकडाउन गरि विद्यालय बन्द भएमा अनलाइन पढाउन सम्भावना छैन । कतिपय ठाउँमा बिजुली छैन भने कति ठाउँमा नेट छैन ,अनि फेरि जहाँ बिजुली नेट छ त्यहाँ अनुभवी शिक्षक छैनन् । यस कारण अनलाइन हाम्रोमा व्यवहारिक छैन। सरकारले जतिसुकै जे भने पनि अनलाइन कक्षा संचालन गर्नको लागि सरकारी स्कुलमा झन धेरै समस्या छ । यसले आम जनतालाई नभएर हुनेखाने र सक्षम वर्गलाई मात्र टेवा पुग्ने हो । तर सरकारको दायित्व भने तिनै गरिब, असक्षम जनताको लागि हो । आशा छ सरकारले यी सबै अवस्था राम्रोसँग बुझी अगाडि बढ्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु